काठमाडौं । अस्ति २८ गते शुक्रबार जसपाका अध्यक्ष महन्थ ठाकुर दिवाभोजन (लञ्च) को समय लैनचौरस्थित भारतीय दूतावास छिर्नुभएको पाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदारीको निम्ति धेरै चरणको कुराकानी गरिसक्नुभएका ठाकुरलाई पार्टीभित्रै र नेपाली काँग्रेस तथा माओवादी केन्द्रबाट ओलीको विकल्पमा खुट्टा टेक्न आग्रह आइरहेको सन्दर्भमा राजदूत विनयमोहन क्वात्रासँग भएको त्यस दिनको डेढ घण्टा लामो लञ्चलाई अर्थपूर्ण ठानिएको छ ।
यता,सिंहदरबारस्थित संसद सचिवालय हातामा रहेको जसपा संसदीय दलको कार्यालयमा पूर्वसंघीय समाजवादी दलका सांसदहरूको छुट्टै भेटघाट भइरहेको छ । पूर्वराजपा समूहले आफ्नै ढंगले सत्ता समीकरणको निम्ति पहल गरेपछि काउण्टरमा समाजवादीका सांसदहरूले पनि उक्त प्रक्रिया अघि बढाएका हुन् ।
प्रधानमन्त्री ओलीलाई साथ दिने सम्बन्धमा ग्रिन सिग्नल लिन महन्थ लैनचौर गएकै समय बालुवाटारमा ओलीले एमालेका निर्वाचित पदाधिकारीको जिम्मेवारी चैट बनाइदिनुभएको थियो । सरकार टिकाउन राजपा समूहको १७ जना सांसद भित्र्याउने तयारी गरिरहँदा प्रधानमन्त्रीले आफ्नै दलका ४० जना सांसदलाई चिढ्याइसक्नु भएको छ ।
त्यसैगरी माओवादी केन्द्रको पेरिसडाँडामा बसिरहेको केन्द्रीय समितिको बैठकले सरकारमा रहेका तर पार्टी छाडेर एमाले केन्द्रीय सदस्यको जिम्मेवारी लिएका सबैलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
पार्टीले निर्वाचन आयोग र संसद सचिवालयमार्फत् ती माननीय संसद सदस्य नरहेको औपचारिक जानकारी गराएमा स्वतः पदमुक्त हुने व्यवस्था छ । जनआस्थाबाट