Logo

सिराहामा बम विस्फोट हुँदा ७ घाइते, एक जनाको अवस्था गम्भीर



Spread the love

१ चैत्र, काठमाडौं । सिरहाको लहानस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँ नजिकै तराईं जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)को पर्चा भेटिएको छ ।

आइतवार दिउँसो करिब १ बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

विस्फोटमा परी ७ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ ।

विस्फोटमा परी सामान्य घाइते हुनेहरुमा कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका–६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका–१६ का ५२ वर्षीय लालबहादुर विक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका–४ का ३८ वर्षीय फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन् ।

प्रतिक्रिया दिनुहोस्