Logo

सलमान खानकी पूर्व प्रेमिकाको खुलासा आफु १४ वर्षको उमेरमा बलात्कृत भएकी थिएँ



Spread the love

एजेन्सी। चर्चित अभिनेत्री सोमी अलीले आफू १४ वर्षको उमेरमा बलात्कारको शिकार गएको बताएकी छन् ।

‘नो मोर टियर्स’ नामको एक एनजिओ चलाउँदै आएकी ४४ वर्षिय अलीले एक अन्तर्वार्तामा आफू १४ वर्षको उमेरमा बलात्कृत भएको बताएकी हुन् ।

९० को दशकमा बलिउडमा उदाएकी पाकिस्तानी अभिनेत्री सोमीले आफूमाथि भएको यौन शोषणको बारेमा आमाबुबाको अनुरोधमा बाहिर खुलासा नगरेको बताइन् ।

‘जब म ५ र ९ वर्षको थिएँ तब मेरो यौन शोषण भएको थियो र १४ वर्षको उमेरमा बलात्कृत भएकी थिएँ । मेरो पहिलो यौन शोषण पाकिस्तानमा भएको थियो । त्यसबेला म भर्खर ५ वर्षको थिएँ,’ उनले भनेकी छन्, ‘यो कुरा मैले माता–पितालाई भनेँ । एक्सन पनि लिइयो । तर, परिवारले मलाई यो कुरा अरु कसैलाई नभन्न भनेका थिए । यो कुरा मेरो दिमागमा कयौं वर्षसम्म घुमिरह्यो ।’

सन् २००७ मा अलिले ‘नो मोर टियर्स’ संस्था सुरु गरेकी थिइन् । बलिउड सुपरस्टार सलमान खानकी पूर्व प्रेमिका समेत रहेकी अलिले बलात्कृत र यौन शोषणको शिकार भएका बच्चाहरुको उद्धार गर्ने गरेकी छन् ।

पछिल्लो १४ वर्षमा उनको संस्थाले हजारौं महिला, पुरुष र बच्चाको अनुहारमा मुस्कान फर्काउने काम गरेको छ । उनले फिल्म करिअरको सुरुवात भने फिल्म ‘मैंने प्यार किया’ बाट गरेकी थिइन् । यसमा उनको अपोजिटमा सलमान खान थिए ।

यही फिल्ममा काम गर्दैगर्दा उनी सलमानको प्रेममा डुबेकी थिइन् । उनीहरु विवाहको तयारीमा समेत थिए । अलिले एक अन्तर्वार्तामा भनेकी छन्, ‘म टिनएजर हुँदा सलमानमाथि क्रस भयो । यही क्रशले मलाई फ्लोरिडाबाट भारत ल्यायो ।मैले फिल्म नै सलमानसँग विवाह गर्न सकुँ भनेर गरेको थिएँ ।’ ८ वर्षसम्म प्रेम सम्बन्धमा रहेपछि सलमान र अलिको ब्रेकअप भएको थियो । न्युज बजार

प्रतिक्रिया दिनुहोस्