२९ फागुन, काठमाडौं। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले सबैतिर आफ्नो मागको विषयमा छलफल गरेर मात्र निष्कर्षमा पुग्ने बताएका छन् ।
शनिवार जपासका नेताहरु माओवादी केन्द्रसँग छलफल गर्नका लागि पेरिसडाडाँमा पुगेका थिए ।छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै जसपाका अध्यक्ष ठाकुरले सबै पक्षसँग वार्ता भइरहेको भएपनि कुनै टुंगोमा नपुगेको बताएका छन् ।
माओवादी केन्द्रसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै ठाकुरले भने, ‘यो देशमा हाम्रो स्थान कहीँ छैन। आन्दोन गर्ने बेला हामी हुन्छौं तर, परिणामका भागेदार हामी हुँदैनौं। संसदमा, कर्मचारीमा सबैमा ती तीन दलको मात्र छ।’
‘शासन, प्रशासन, सुरक्षा र संसद कहीँ पनि हामीलाई आवश्यक पर्दा हामी हुँदैनौं। वार्ता भइरहेको छ। टुङ्गोमा कहिलै पुग्दैन।’ ठाकुरले भने, ‘सबै ठाउँमा कोही न कोही वाधक भइहाल्छन्। हामी न्यायको खोजीमा छौं कहीँबाट पाइरहेका छैनौं।’