२९ फागुन, नेपालगन्ज। बाँकेमा जन्ती बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा ३७ जना घाइते भएका छन्।
दुलही पठाउन दाङ जाँदै गरेको बस बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैसामा दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।
ना ३ ख ९७५९ नम्बरको बस पल्टिँदा घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार बस राप्ती सोनारीबाटै दाङको देउखुरी दुलही पुर्याउन हिँडेको थियो । दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्