Logo

जसपाका शीर्ष नेताहरु कांग्रेस सभापति देउवा निवासमा



Spread the love

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुले अहिले सत्ता समीकरणबारे छलफल गरिरहेका छन् ।

कांग्रेससँग औपचारिक छलफलका लागि सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पुगेका जसपाका नेताहरुले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने सुझाव दिएका छन् । 

कांग्रेसबाट छलफलमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायत नेता सहभागी भएका छन् ।

त्यस्तै जसपाको तर्फबाट अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतोलगायत  नेताहरु छलफलमा सहभागी छन्।

बैठकपछि कांग्रेस विश्वप्रकाश शर्माले भने, ‘जसपाका नेताहरुसँग छलफलमा बस्यौँ । राष्ट्रिय रुपमा साझा धारणा बनाउनुपर्नेमा सबैमा सहमति भएको छ । ठोस् रुपमा यो कुरामा नै टुंगोमा पुगेका छौँ भनेर भनिहाल्ने अवस्था बनेको छैन । तर, संसदको पुनस्थापना पछाडि अब राष्ट्रिय राजनीतिले हिड्ने बाटोको सन्दर्भमा खासगरी प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने कुराको सन्दर्भमा उहाँहरुले अपेक्षा राख्नुभयो । उहाँहरुले राष्ट्रिय राजनीतिलाई निकास दिनुपर्ने र त्यो निकासतर्फ अगाडि बढ्दै गर्दा खेरि कांग्रेस, माओवादी र जसपा एकैठाउँमा उभिनु उचित हुन्छ भन्ने धारणा उहाँहरुबाट आयो ।’

प्रतिक्रिया दिनुहोस्