२८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा मात्रै विदेशी शक्ति नरहेको दाबी गरेका छन् ।
बुटवलवमा शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । ‘अहिले सजिलोमा भएको कुनै पार्टी छ भने साथीहरु हाम्रै माओवादी केन्द्र हो। हाम्रो बाटो सिधा, सरल भयो।
अरु कसैलाई सजिलो छैन। हामीभित्र विदेशी शक्ति छैन। भएपनि एउटा दुईटा होला, त्यो टाउको उठाउने ठाउँमा छैन मूल प्रवाह चाहिँ विदेशीको इशारामा चल्नेवाल प्रवाह होइन। आफैं लड्नेवाला प्रवाह हो। अरु सबै भित्र विदेशी छन्।
जब्बर ढङ्गले छन्। त्यसैले टेन्सन अरुलाई छ हमीलाई छैन।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।
प्रतिक्रिया दिनुहोस्