Logo

प्रचण्डको सन्देश– ओलीतिर लागेका नेताहरु अब फर्किन पर्दैन, उतै बसे हुन्छ !



Spread the love

२८ फागुन, बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविकको नेकपामा ओलीतिर लागेका नेताहरुलाई फकाउन नलाग्ने बताएका छन् ।

बुटवलमा शुक्रवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले त्यस्ता नेताहरूले फकाउन मन लाग्न छाडेको बताए ।

साविकको नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका थिए । सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेपछि उनीहरु माओवादी केन्द्रमा फर्किएका छैनन् ।

‘अरु त अरु, दुई जना मान्छे नभएकालाई स्थायी समिति बनएको त अहिले मन्त्री’ प्रचण्डले अघि भने, ‘के गरेँ भनेर अहिले आफ्नै आत्मसमीक्षा गर्न थालेको छु । त्यस्तालाई भन्दा दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने आफ्नै साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने महसुस भएको छ ।’

१२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको भन्दै अहिले आफू जीवितै भएको र परिवर्तन उल्ट्याउन सबैभन्दा धेरै घेराबन्दी आफूमाथि नै भइरहेको महसुस गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्