Logo

पछिल्लो अपडेट: माइक्रोबस दुर्घटना २ जनाको मृत्यु, १० घाइते



Spread the love

२७ फागुन, काठमाडौं। दैलेखको आठबिसकाेटस्थित स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।

राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका –१ टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो । कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

मृत्यु हुनेमा कालिकोट जिल्ला शुभकालिका–२ का ३७ वर्षीय जितेन्द्र शाहीको घटनास्थलमै मृत्यु भएको हो, भने नरहरीनाथ गाउँपालिका निवासी २१ वर्षीय कमल विकको उपचारका क्रममा पादुका मेडिकल हलमा मृत्यु भएको हो ।

गाडीमा सवार १७ जना मध्ये १० जनाको अवस्था समान्य रहेको र ५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए । थप रिपोर्ट आउँ बाँकी

प्रतिक्रिया दिनुहोस्