२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो धरातल र साथीहरु छुट्दा आफूहरु कमजोर भएको बताएका हुन्।
“केपी प्रवृत्तिविरुद्ध मैले १९ पेजको डकुमेन्ट लेख्दै गर्दा नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनी गरेको डकुमेन्ट लेख्न बसेको अनुभूति भएको थियो, भएकै छ ।
उनले आफूले ओलीसँग मिलेर अघि बढ्न सकिँदैन भनेर नै जानीबुझी राजनीतिक प्रतिवेदन तयार पारेको जानकारी दिए। असन्तुष्टि चुलिएपछि प्रचण्डले गत कार्तिक २८ गते सचिवालय बैठकमा आलीविरुद्ध भ्रष्टाचार गरेको आरोप लगाउँदै कडा खालको प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनपछि नेकपा विवादमा झन् जटिलतामा फसेको थियो।
उनले भने, ‘जनयुद्ध शुरु गर्दा म् ४२ बर्षको थिए । अहिले म् ६७ बर्षको भए, उमेरले कति दिन्छ कतिपयले भन्छन्, उमेर भएकाले छोडदिन पर्यो भन्छन्, म् छोड्ने वाला छैन, माओसेत्वुङले ७२ बर्षमा सांस्कृति क्रान्ति गरेका थिए, म एक पटक फेरी क्रान्तिमा अगाडी जानेमा छु, मैले छोड्ने वालामा छैन । म लड्ने वाला मै छु । एउटा ब्याटल लडेपनि र जित्यौ पनि र अन्य दुइ चार वटा ब्याटल जित्नुपनि छ ।’