Logo

नेकपाको बोर्ड हटाइयो, एमालेको राखियो



Spread the love

२५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् ।

बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए। नेकपाका जिल्ला कार्यालयहरुमा एमालेको बोर्ड राख्न सोमबारदेखिनै सुरु भएको छ।

जिल्लास्तरमा पनि धमाधम तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राखिएका छन् । केही जिल्लामा एकाध दिनमै एमाले कार्यालय सञ्चालन गर्ने तयारी स्थानीय नेता–कार्यकर्ताले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्