२५ फागुन, काठमाडाैं। नेकपा एमाले र माओवादी केन्द्रलाई आ–आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि निर्वाचन आयोगले पत्राचार गर्ने तयारी गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने, ‘एमाले र माओवादी केन्द्रलाई सम्भवतः आजै हामी पत्राचार गर्ने तयारीमा छौं ।’
आयोगमा सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले दर्ता छ । त्यस्तै गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता छ । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो नाम र चुनाव चिह्न परिवर्तनका लागि पत्राचार गर्ने तयारी भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
२०७५ सालको जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । आफूले पहिले नै दर्ता गरिसकेको नाममा फेरि अर्को पार्टी दर्ता भएको भन्दै ऋषिराज कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।