२४ फागुन काठमाडौं । सर्वोच्च अदालतले गरेको फैसलापछि नयाँ रणनीति तय गर्न प्रचण्ड–नेपाल पक्षको नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ।
नेकपा नाम विवादको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलापछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक शुरु भएको हो ।
सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको हो ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरिदिएपछि ओली-प्रचण्ड नेतृत्वको नेकपालाई शंकट उत्पन्न भएको छ। यससँगै अब नेकपाको मान्यता प्रधानमन्त्री ओली र दाहालले नपाउने भएका हुन्।
यसका साथै नेकपाका बहुमत सदस्य र सांसदले नेकपा नामबाहेकको अर्को नाम लिएर निर्वाचन आयोगमा दर्ता गर्न सकिने समेत सुझाव दिएका छन्।