२४ फागुन , काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख रुपैयाँ घुस रकमसहित प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई पक्राउ गरेको हो ।
चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टकाका संचालक अनिस जोशीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निजहरु दुवैलाई जिल्ला काठमाडौं कामनपा वडा नं ९ स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
आयोगको टंगालबाट खटिएको टोलीले श्रेष्ठ र जोशीलाई नगद ११ लाख रुपैयाँसहित हिजो साँझ नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्