Logo

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सर्‍यो



Spread the love

२४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

 बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठकको समय सरेर ३ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले ऋषि कट्टेलको पार्टीलाई आधिकारिक नेकपाको मान्यता दिँदै आफूहरूको पार्टीलाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि प्रचण्ड–नेपाल समूहले सोमवार बिहानको लागि बैठक बोलाएका थिए । 

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा अबको अन्याेल र रणनीतिबारे छलफल हुने समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल समूहले हिजो कानुन व्यवसायीसँग छलफल गरेको थियो ।

आजको स्थायी कमिटीको बैठकपछि पार्टीको आधिकारिक धारणा तय गरी सार्वजनिक गर्ने प्रचण्ड-नेपाल समूहको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्