Logo

भीभ रावलले सोधे– प्रधानमन्त्री ओली कुन पार्टीको ?



Spread the love

२३ फागुन, काठमाडौं । सांसद भीम रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाएका छन् ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर नेकपा सांसद भीम रावलले प्रतिनिधि सभा विघटन गर्ने सरकारले कुनै प्रस्ताव ल्याउने अधिकार नभएको दाबी गरे । 

आइतबार सर्वोच्चले नेकपाको नाम ऋषि कट्टेल नेतृत्वको पार्टीलाई दिँदै नेकपा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको रुपमा अलगअलग भएको फैसला गरेको छ।

प्रतिनिधि सभाको पहिलो दिनको बैठक प्रचण्ड–नेपाल पक्षले बहिस्कार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्