Logo

कर्णालीका मुख्यमन्त्री अस्पताल भर्ना, भएको के हो ?



Spread the love

२३ फागुन, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचापबाट पीडित शाहीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हुन् । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचीव कृष्णप्रसाद आचार्यका अनुसार शाही काठमाडाैँको ह्याम्स अस्पतालमा भर्ना भएका छन् ।

शनिबार अस्पताल भर्ना भएका मुख्यमन्त्री शाहीको स्वास्थ्यमा क्रमिक सुधार आएको बताइएको छ । पार्टीको बैठकको शिलशिलामा मुख्यमन्त्री शाही काठमाडाैँ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्