११ फागुन, काठमाडौं । घुस लिएको आरोपमा मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर पक्राउ परेका छन् ।
सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सवइन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका हुन् ।
शुक्रबार आयोगको टोलीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश अन्तर्गतको पर्यटन विकास आयोजनामा कार्यरत सव–इन्जिनियर लामिछानेलाई घुस रकमसहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग निर्माण कार्य सम्पन्नपछि धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि रकम माग गरेको सूचनाका आधारमा उनकै कार्यालय परिसरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्