Logo

विप्लव पुगे प्रधानमन्त्री निवास बालुवाटार



Spread the love

२१ फागुन, काठमाडौं । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्र विक्रम चन्द प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।

सरकारी वार्ता टोली र चन्द समूहबीच भएको सम्झौता अनुसार सार्वजनिक हुन नवलपरासीबाट काठमाडौं आइपुगेको चन्दले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

त्यसअघि उनी आफ्ना पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा जुटेका थिए । प्रहरीको स्कर्टिङमा आएपछि बालुवाटार पुगेका उनले सरकारसँगका वार्ता टोलीका संयोजक समेत रहेका आफ्ना पार्टीका प्रवक्ता समेत रहेका खडकबहादुर विश्वकर्मा प्रकाण्ड, काभ्रेबाट आजै रिहा भएका धर्मेन्द्र बास्तोला लगायतका नेताहरुमा लाजिम्पाटस्थित एक होटेलमा भेट गरेका थिए ।

दिउँसो २ बजे ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने भएकाले वार्ता टोलीका सदस्यहरु छलफलका लागि बालुवाटार गएका हुन्। आजको सम्बोधनलाई महत्वका साथ हेरिएकाले तयारीका लगि विप्लव पनि त्यहाँ पुग्ने आकलन गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्