Logo

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक बस्दै



Spread the love

२१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।

संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले संसदीय दलको बैठक बोलाएका छन् । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा दुवै नेकपाले संसदीय दलको बैठक बोलाएका हुन् ।

आजको बैठकमा आइतबारको आइतबार बस्ने प्रतिनिधिसभा बैठक र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल हुने एक सांसदले बताए । उनले प्रधानमन्त्री अ‍ोलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिए ।

यसअघि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । यद्यपि सो अविश्वासको प्रस्तावको सट्टा नयाँ अविश्वासको प्रस्ताव तयार पार्ने दलहरुको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्