Logo

प्रहरीको स्कर्टिङमा काठमाडौं आउँदै विप्लव



Spread the love

२० फागुन, काठमाडौं । सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ। 

सरकार र विप्लव समूहबीच तीन बुँदै सहमतिपछि सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै उनी नवलपरासीमा शहीद परिवार भेटघाट गरि उनी आज काठमाडौं आउँदै छन् ।

प्रहरीले नवलपरासी पूर्वको देवचुलीबाट स्कर्टिङ गरेर उनलाई ल्याउँदैछन्। बिहान ३ बजे उनी देवचुली आइपुगेका थिए। स्थानीय सहिद परिवारको घरमा केही समय आराम गरेपछि कार्यकर्ताले अबिर लगाएर काठमाडौंका लागि बिदाइ गरेका थिए।

वि.सं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव भूमिगत अवस्थामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्