Logo

मानव ओसारपसार र बलात्कार गर्ने रबिना पक्राउ



Spread the love

२० फागुन, काठमाडौँ । मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गौरीगंज गाउँपालिका ६ बस्ने २६ वर्षीया रबिना राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा गौरीगञ्ज ६ की २६ वर्षीया रविना राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २०७६ साल असार ३० गते जिल्ला अदालत झापाले मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा ११ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको थियो ।

रबिनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ पछि उनलाई अदालतमा उपस्थित गराईएको र पीसीआर परीक्षणको रिपोर्ट आएपछि कारागार पठाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्