Logo

देउवा भन्छन् : प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हटिन्न



Spread the love

१९ फागुन, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद स्वीकार्ने संकेत दिएका छन् । उनले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताए ।

बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

सोही कार्यक्रममा महामन्त्री शशांक कोइरालाले नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव प्रचण्ड–माधव समूहले या कांग्रेसले ल्याउनेसमेत बताएका हुन् ।

महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव समूहसँग मिलेर भए पनि पदबाट हटाउने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्