Logo

प्रचण्ड-नेपाल पक्षले सुवास र सूर्यसहित सात केन्द्रीय सदस्य निलम्बित



Spread the love

१९ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ ।

बैठकले नेम्बाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा गर्न निर्देशन दिएको छ।आज बुधबार बसेको सो समूहको बैठकले सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको हो ।

समूहको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले  उनीहरुलाई ६ महिनका लागि निलम्बन गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए। 

निलम्बन गरिएका सबै नेताहरु ओली समूहका हुन् । दलको मर्यादाविपरीत गतिविधि गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको नेता वर्षमान पुनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्