Logo

उपत्यका नछाड्न सांसदहरुलाई कांग्रेसको निर्देशन



Spread the love

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं उपत्यका नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

कांग्रेसले आगामी शुक्रबारका लागि संसदीय दलको बैठक बोलाएको हो । शुक्रबार नयाँबानेश्वरस्थित संयीय संसद भवनमा रहेको ल्होत्से हलमा दिउँसो १ बजे दलको बैठक बोलाइएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद बैठक आह्वान गरेकी छन् । संसदमा आफ्नो उपस्थिति संख्या बढाउन सांसदहरुलाई निर्देशन दिइएको ती सांसदको भनाई छ ।

संघीय संसदको प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६३ सांसद छन् । जसमध्ये विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बित अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्