१८ फागुन, काठमाडौँ । पछिल्लो २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४६, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २९४ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ। योसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ।
देशभर हालसम्म ९७४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्