१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाउन चाहेको भए हटाउन चुनौती दिएका छन्।
प्रधानमन्त्रीले झापामा बिएण्डसी मेडिकल कलेजको क्यान्सर अस्पताल उद्घाटन गर्दै उनले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् ।
‘सर्वोच्च अदालतले प्रतिनिधि सभा ब्युँतायो ठिकै छ। अब कसरी अगाडि जान्छ, म पनि हेर्छु। म अदालतको फैसला मान्छु कार्यान्वयन गर्छु’, ओलीले भने, ‘२३ गते प्रतिनिधि सभाको अधिवेशन बस्छ। राम्रोसँग अघि बढ्छ।’
उनले आफू सकारात्मक रुपमा अघि बढ्ने बताए। ‘अहिले पनि मलाई कसैले सक्छ भने हटायोस्। तर, हटाउन सजिलो छैन’ ओलीले भने, ‘म खुशी साथ हट्छु। तर, २ वर्षपछिको चुनावमा दुई तिहाइका साथ सिंहदरबार फर्कन्छु।’
प्रतिक्रिया दिनुहोस्