Logo

बीएन्डसी शिक्षण अस्पताललाई सञ्चालन अनुमति दिन अब कसैले रोक्न सक्दैन : प्रधानमन्त्री



Spread the love

१८ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजलाई छिट्टै काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने दाबी गरेका छन् ।

कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको क्यान्सर अस्पतालको मंगलबार विर्तामोडमा उद्घाटन गर्दै ओलीले सो घोषणा गरेका हुन्।

यो काम अगाडि बढिसक्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यो अस्पताल अस्पतालका रुपमा मात्र होइन, शिक्षण अस्पतालको रुपमा हुन्छ। केही समयभित्रै शिक्षण अस्पतालका रुपमा अगाडि बढाउन हामीले प्रक्रिया अगाडि बढाइसकेका छौं। यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदै छ।’  

प्रधानमन्त्री ओलीले बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’को उद्घाटन गर्नेछन्। बिर्तामोड नगरपालिका–७ मा निर्मित सो ग्राममा ३७ आवासगृह छन् । प्रधानमन्त्री ओलीले अपराह्न बिर्तामोडको ३०० शय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्