Logo

केपी ओलीलाई हटाउने तागत हामीसँग छैन: राजेन्द्र महताे



Spread the love

१८ फागुन, धनगढी।  जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताएका छन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले नैतिकताका आधारमा राजीनामा नदिएका प्रधानमन्त्री ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपासँग मात्रै रहेको बताएका हुन् ।

उनले नेकपाका नेताहरु प्रचण्ड र माधव कुमार नेपालले ओलीलाई हटाउन सहकार्य गरौँ भनेर प्रस्ताव गरिरहेकोमा कुनै समूहसँग आफूहरुको सत्ता सहकार्य नहने बताए ।

‘काँग्रेस र जसपा मिलेर पनि हाम्रो बहुमत पुग्दैन। ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नेकपाले नै हो’, नेता महतोले भने, ‘अहिले पनि ओलीजी पार्टी अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ। खोइ त हटाएको? हटाउन सक्नुपर्यो नि! दुनियाँलाई झुक्याउने काम भइरहेको छ।’

अहिलेसम्म नेकपा एक रहेको र कानुनी रुपमा नफुटेसम्म बैकल्पिक सरकारका लागि कुनै छलफल आवश्यकता नभएको महतोको भनाइ छ। ‘अस्ति प्रचण्डजीले छलफलमा बोलाउनुभएको थियो। संसद र सरकारमा मिलेर जाने सिधा प्रस्ताव राख्नुभयो, महतोले भने, मैले सुरुमै तपाइँहरु कुन पार्टीको भनेर सोधेँ।’

प्रतिक्रिया दिनुहोस्