Logo

स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँसहित तीनजना पक्राउ



Spread the love

१७ फागुन, काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका-१४ कुलेश्वर बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौ तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका- ६ घर भएका २७ वर्षीय सुमन थापा र काठमाडौ कुलेश्वर बस्ने भारत बिहार घर भएका ५६ वर्षीय सत्य नारायण प्रसाद रहेका छन् । 

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्रोत नखुलेको रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । सो रकम हुन्डी कारोबारमा प्रयोगका लागि हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्