१७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि जुनसुकै बेला आक्रमण हुन सक्ने बताएका छन्।
उनले सोमबार पोखरामा नेकपा ओली पक्षको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।
ओलीले भने, ‘तपाईंहरु अनौठो नमान्नु होला यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ ।’
प्रधानमन्त्री ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’
प्रतिक्रिया दिनुहोस्