Logo

नरेन्द्र मोदीले लगाए कोरोनाविरुद्धको खोप



Spread the love

१७ फागुन, एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन् । उनले सोमबार उनलाई पी नेभेडा नामकी नर्सले भ्याक्सिन लगाइदिएकी हुन् ।

आफूले खोप लगाएपछि मोदी खोप लगाउन हुने सबैलाई खोप लगाउन आग्रह गरेका छन् । भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको हो ।

भारतमा अक्सफोर्ड विश्वविद्यालय  र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भइरहेको छ। साथै कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रसंशासमेत उनले गरे।

पहिलो चरणमा भारतमा करिब डेढ करोडले कोरोना खोप लगाएको बताइएको छ । खोप लगाएसँगै मोदीले खोप लगाउने दायरामा परेका सबैलाई खोल लगाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्