Logo

प्रधानमन्त्री ज्यु नैतिकता छ भने तुरुन्तै राजीनामा दिनुस् : गोकर्ण विष्ट



Spread the love

१५ फागुन, गुल्मी। नेकपाका केन्द्रिय सदस्य तथा स्थायी कमिटीका सदस्य गोकर्ण राज विष्टले प्रधानमन्त्री केपि शर्मा ओलीको राजिनामा मागेका छन ।

शनिबार प्रचण्ड माधव समुहले गुल्मी सदरमुकमा तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ज्यु विगतको इतिहास हेर्नुहोस् तपाईंमा अलिकति पनि नैतिकता छ भने राजिनामा दिएर नेपालमा नयाँ प्रकारको ढोका खोल्नुहोस् ।

उनले भने दुनियाँमा सरकारले सानो त्रुटि गर्दा राजीनामा दिएका अभ्यासहरु धेरै छन । त्यसैले तपाईंले आफैले विघटन गरेको संसदमा धेरै दिन बस्न सुहाउन । साथै उनले प्रचण्ड माधव समुहले कुनै लोभ र पदको लागी आन्दोलन नगरेको समेत दावी गरेका छन ।

देशको व्यवस्था र पार्टीको सिद्धान्त जोगाउन र केपि ओलि प्रवृत्तिको अन्त्य गर्न पार्टीको सङघर्ष गर्नु परेको जिकिर गरेका छन ।

साथै केहि बाटो बिराएर ओलि समुह तिर लागेका कम्रेडहरु पनि बिना आग्रह पुर्व आग्रह प्रचण्ड माधव समुहले नेतृत्व गरेको मुल पार्टी नेकपामा फर्कने विश्वास समेत व्यक्त गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्