Logo

मेलम्चीको पानी कोटेश्वरमा परीक्षणको क्रममा भत्कियो पर्खाल (भिडियो)



Spread the love

काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा आउँदा धेरै ठाउँमा पाइप सिपेज हुने अर्थात् पाइपलाइनबाट पानी चुहिने देखिएको छ।

बिहिबार मेलम्चीको पानी परीक्षणको क्रममा कोटेश्वरस्थित सूर्यकोटमा पर्खाल भत्किएको पाइएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार हाल कोटेश्वर क्षेत्रमा टेस्टिङको कार्य भइरहेको छ।

अहिले पानी वितरणको लागि बिछ्याइएका पाइपलाइनमा १५ प्रतिशत मात्रै परीक्षण भएको छ। यसको मतलब ८५ प्रतिशत पाइपलाइनमा परीक्षणको काम बाँकी छ। त्यसमा पनि पाइपलाइन राख्ने काम कतिपय स्थानमा अझै बाँकी छ।

काटेश्वरमा देखिएको समस्याबाट आगामी दिनमा मेलम्चीको पानी आउँदा काठमाडौंका धेरै ठाँउमा लिकेज हुनसक्ने सम्भावना देखिएको अधिकारीहरुले जनाएका छन्।

‘टेस्टिङ थोरै मात्र भएको छ, धेरै बाँकी छ। नयाँ पाइपलाइन जडान भएकोमा १५ प्रतिशत मात्रै टेस्टिङको काम भएको छ’, कार्यकारी निर्देशक कमलराज श्रेष्ठले भने, ‘हिजो (बिहीबार) हिलो पानी जमेको कारणले पर्खाल निर्माणको काम हुनसकेन। पर्खाल निर्माणको लागि बालुवा ल्याइसकेका छौँ। हामीले निर्माण गरिदिन्छौँ।’

हेर्नुहोस् भिडियो दैनिकी अनलाइनबाट :

https://youtu.be/MXXBvgqHl5I

प्रतिक्रिया दिनुहोस्