१५ फागुन, एजेन्सी । एट्ना पर्वत फेरि विस्फोट भएको छ र ज्वालामुखीले त्यहाँको आकाश झल्झलाकार पार्दैछ।
यो साताको सुरुमा विस्फोट सुरु भएको थियो, र त्यसयता एट्ना पर्वतमा सुन्तला रङ्गको ज्वाला र धुँवाको मुस्लो त्यहाँको आकाशमा दखिएको छ। एट्ना युरोपको एकदमै सक्रिय ज्वालामुखी पर्वत हो र यो तुलनात्मक रुपमा धेरै विस्फोट भइरहन्छ। पछिल्लोपटक सन् १९९२ मा त्यहाँ ठूलो विस्फोट भएको थियो।
यो पर्वतमा हुने विस्फोटहरूले बिरलै क्षति गराएका छन् र अधिकारीहरू यो विस्फोटनलाई पनि अनौठो मान्दैनन्।
एट्ना पर्वत नजिकैको सहर क्याटनियास्थित न्याश्नल इन्स्टिट्युट फर जियोफिजिक्स एण्ड भोल्क्यानोलोजीका प्रमुखले इटलीको समाचार संस्था एजीआइलाई यो साताको सुरुमा भनेका थिए: “हामीले यो भन्दा नराम्रो देखेका छौँ।” बिबिसी
प्रतिक्रिया दिनुहोस्