Logo

केपी ओलीले गुरुङलाई हटाए, भट्टराई प्रमुख सचेतक नियुक्त



Spread the love

१४ फागुन, काठमाडौं। प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका विशाल भट्टराई पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको प्रमुख सचेतकमा नियुक्त भएका हुन् ।

गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्