Logo

चिनियाँ राष्ट्रपतिले चिनियाँ र विदेशी मिडियालाई निर्देशन – चीनको राम्रो समाचार मात्र भन्‍नू



Spread the love

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिन पिङले चीनसम्बन्धमा गलत र आलोचनात्मक समाचारहरु आइरहेको भन्दै चिनियाँ र विदेशी सञ्‍चारमाध्यमहरुलाई राम्रो समाचारमात्र भन्‍न निर्देशन गरेका छन् ।

चीनले कब्जा गरेको पूर्वी तुर्किस्तान हाल सिन्जियाङमा रहेका उइगुर मुसलमानहरुमाथि ज्यादती गरेको र यातना दिएको भन्दै मानव अधिकार संगठनहरु, मिडिया हाउसहरु र सार्वजनिक संस्थाहरु चर्को आलोचना भएपछि चिनियाँ राष्ट्रपति सीले यस्ता समाचारहरुलाई रोक्‍ने प्रयास गरेका हुन् ।

हालसालै अमेरिकाले जातीय मुस्लिम अल्पसंख्यक समुदायविरूद्ध चीनको घृणित कार्यलाई ‘आधुनिक नरसंहार’ को संज्ञा दिएको छ । सेन्टर अफ ग्लोबल पोलिसीको भर्खरै भएको रिपोर्टले पनि उइगुर मुसलमानलाई जबरजस्ती खेतमा कपास लिनको लागि बाध्य पार्ने चीनको निन्दनीय रणनीति झल्काएको थियो ।

वर्षौंदेखि चीनले उइगरहरुलाई शारीरिक यातना दिने, यौन दुर्व्यवहार, र अन्य मानव अधिकारको उल्लंघ सहित सबै प्रकारका यातनाहरू दिने र धार्मिक र सांस्कृति सफाया गर्ने अभियान चलाइरहेको छ । सिन्जियाङ्‌मा उइघुर समुदायविरुद्ध हुने दुर्व्यवहारको मुद्दाले कोभिड-१९ मा चीनको गलत सूचनाको प्रारम्भिक चरणमा ध्यान दिइसकेपछि राष्ट्रपति सीले सञ्‍चारमाध्यम माथिको निगरानी बढाउने रणनीति लिएका हुन् ।

अन्तर्राष्ट्रिय समुदायले पूर्वी तुर्किस्तानका उइगुर मुसलमानको अवस्थालाई ध्यान दिएर चिनियाँ मानवअधिकार उल्लंघनको प्रतिक्रिया दिन थालेको छ । यसैगरी, दक्षिण चीन सागरमा चिनियाँ कारबाही, गलवान भ्यालीमा भएको झडपमा २० भारतीयको मृत्युलगायतका घटनाले अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरु चीनमाथि खनिएका हुन् ।

चीनले अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरलाई रोक्‍ने रणनीति अनुरुप यसअघि बीबीसलाई रोक लगाएका थिए भने केही अन्तर्राष्ट्रिय सञ्‍चामाध्यममा कार्यरत पत्रकारहरुमाथि प्रतिबन्धसमेत लगाएका थिए । कोरोनाको उत्पत्तिका सम्बन्धमा रिपोर्टिङले गर्ने एक अधिवक्तासमेत रहेकी नागरिक पत्रकार झाङ झालाई जेल सजायसमेत तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्