१३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिएपछि राजनीतिक छलफलमा व्यस्त रहेको नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीवार जनता समाजवादी पार्टी (जसपा) का शीर्षस्थ नेतासँग लामो कुराकानी गरेको छ।
संसद् पुनःस्थापनापछिको परिस्थितिका बारेमा छलफल गर्न बिहीबार पेरिसडाँडा पुगेका महतोले यस्तो प्रश्न गरेका हुन् । महतोसहित जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका थिए ।
पेरिसडाँडामा भएको छलफलमा नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले सत्ता समीकरणमा साथ दिन सजपा नेतालाई आग्रह गरे। प्रचण्ड र नेपालले यस्तो आग्रह गरेपछि जसपा नेताहरुले भने नेकपा आधिकारिकताको प्रश्न गरेका छन्।
नेता महन्थ ठाकुरले छलफलका क्रममा नेकपाको आधिकारिकताबारे प्रश्न गरेका हुन्। उनले आधिकारिकताको विषय टुंगो नलाग्दासम्म सहकार्य गर्न सक्ने अवस्था नहरेकोसमेत प्रष्ट पारेका छन्।
“विकसित राजनीतिक अवस्थामा र संसद्मा पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भयो। समझदारी गरेरै अगाडि बढौँ भन्ने कुरा रह्यो,” उनले थपे।