एजेन्सी । समाचार सामग्रीका लागि पैसा फेसबुक र गुगलले पैसा तिर्नु पर्ने विश्वको पहिलो कानून अस्ट्रेलियाले पारित गरेको छ ।
फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको छ ।
अष्ट्रेलियाको सिनेटमा विचाराधीन नयाँ कानुनमा फेसबुक र गुगललगायत संस्थाले कुनै समाचार आफ्नो प्लेटफर्ममा राखेबापत् मिडिया हाउसलाई पैसा दिनुपर्ने र विज्ञापनको आम्दानी पनि बाँड्नु पर्ने प्रावधान छ।
अमेरिकी प्रविधि संस्थाले यो कानुनको विरोध गरेका थिए । गएको हप्ता यो कानुनका कारण फेसबुकले अस्ट्रेलियामा फेसबुकका समाचार हेर्न र शेयर गर्न बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि पछि खुला गरिएको थियो ।
फेसबुकसँग अष्ट्रेलिया सरकारले विधेयकको प्रावधान परिवर्तन गर्ने र फेसबुकलाई नेगोसियसन गर्न दुई महिनाको समय दिने सहमति गरेको छ। फेसबुकले बदलामा समाचार सेयरको सुविधा फेरि सुरू गरेको हो।
यस्तो कानुन बनाउने अष्ट्रेलिया विश्वको पहिलो देश बनेको छ । अष्ट्रेलियाको यो नयाँ कानुन विश्वभरका नियामक निकायका लागि नयाँ मोडेल सावित हुनसक्ने बीबीसीले जनाएको छ ।