![](https://i0.wp.com/kantipurtechbackupsystem.sgp1.digitaloceanspaces.com/IMG/sallerikhabar/2020/11/prachanda_madhav_O8BnNzWIGl-768x512.jpg?resize=622%2C414&ssl=1)
१२ फागुन काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल चितवनबाट काठमाडौं फर्किंएका छन्।
चितवनको कार्यक्रम छाडेर अध्यक्षद्वय काठमाडौँ आउँदैछन् । मंगलबार साँझ चितवन पुगेका नेकपाका प्रचण्ड’ र नेपाल भरतपुरमा आयोजित विरोध सभा छाडेर काठमाडौँ आउन लागेका हुन् ।
प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै चितवनमा बुधबार गरिने भनिएको विरोध सभालाई विजय उत्सव मनाउन निर्देशन दिँदै उनीहरु बिहान विमानमार्फत राजधानी फर्किएका हुन्। सभा केन्द्रीय बस ट्रमिनलमा कार्यक्रम आयोजना गरिएको थियो।
आज १२ बजे काठमाडौंको शान्तिबाटिकामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनीहरुले आजै कांग्रेस सभापनि शेरबहादुर देउवा तथा जसपा नेतालाई भेट्ने कार्यक्रम रहेको छ।
यसैबीच, माधव–प्रचण्ड पक्षले आज दिउँसो ४ बजे संसदीय दलको बैठकसमेत बोलाएको छ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसद उपस्थित हुने बताइएको छ।