Logo

राष्ट्रपति भण्डारीले आज पशुपतिमा क्षमापूजा गर्दै



Spread the love

१२ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी क्षमा पुजाका लागि आज पशुपतिनाथ मन्दिर जाने भएकी छिन् ।

पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चल्दै गर्दा राष्ट्रपति भण्डारी बुधबार क्षमापूजाका लागि जान लागेकी हुन् ।

पशुपतिमा जलहरी राख्नुअघि पूजापाठ गर्न भारतबाट ३३ जना ब्राह्मण आई उनीहरुले दुई दिनयता पूजापाठ गरिरहेका छन् । यस्तै भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको कोषले जनाएको छ ।

बुधबार दिउँसो ११ बजेर ४५ मिनेटमा सुनको जलहरि राख्ने तयारी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । सुनको जलहरि राख्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुँदैछिन् ।

यसअघि चाँदीको जलहरी भएता पनि सुनको राख्न थालिएको छ । करिब १ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको जलहरी राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्