Logo

एक महिनामै गुम्यो विश्वकै सर्वाधिक धनीको उपाधि



Spread the love

काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाका मालिक इलोन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन्।  यसअघि  सूचीको एक नम्बरमा रहेको मस्क दोस्रो स्थानमा पुगेका हुन्। 

उनको मुख्य आम्दानीको स्रोत विद्युतीय कार निर्माता कम्पनीको शेयरमा गिरावट आएपछि उनले उक्त उपाधि गुमाएका हुन्।

अघिल्लो महिना (जनवरी) सम्म मस्क विश्वका धनीहरुको सूचीमा पहिलो नम्बरमा थिए। एक महिनामै बेजोसले मस्कलाई पछि पारिदिएका छन्। 

गएको महिना टेस्लाको सेयर मूल्यमा उछाल आएको थियो, जसका कारण एलन मस्कको सम्पत्ति १ खर्ब ८५ अर्ब डलर नाघेको थियो। कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि मस्क दोस्रो स्थानमा झरेका हुन्।

मस्कलाई उछिनेर एक नम्बरमा आएका जेफ बेजोस अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक हुन्। 

प्रतिक्रिया दिनुहोस्