Logo

‘प्रधानमन्त्री ओलीले तुरून्त राजीनामा दिनुपर्छ’- गौतम



Spread the love

१२ फागुन, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरून्त राजीनामा दिनु पर्ने बताएका छन्।

प्रतिनिधि सभा पुनःस्थापना भएको दिनलाई ऐतिहासिक बताउँदै उनले ओलीलाई यस्तो सुझाव दिएका हुन्।

सर्वोच्चको फैसलालले निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको उनले बताएका छन्।

संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै सम्माननीय राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न पनि गौतमले माग गरेका छन्। त्यस्तै, उनले नेकपाको उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्