१२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपा प्रचण्ड समूहले संसदीय दलको बैठक बोलाएको हो ।
सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ । प्रचण्ड-माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्