Logo

होसियार ! यी रोग छन् भने कहिल्यै नखानुस् काउली



Spread the love

काठमाडौं । बजारमा हरेकतर्फ हरिया साग-सब्जीहरु देखिन थाल्छन् । यद्यपि, ती मध्ये एउटा तरकारी जुन अधिकांशलाई मनपर्छ । त्यो हो काउली अर्थात् फूल कोभी ।

काउलीको तरकारी धेरैलाई मनपर्दछ । यो स्वास्थको दृष्टिकोणले पनि निकै फाइदाजनक छ । तर यहि काउलीका बेफाइदा पजि छन् ।

काउलीको तरकारी प्रायः सबैलाई उत्तिकै पि्रय लाग्छ । तरकारीमात्र होइन काउलीको पराठा तथा पकौडा पनि निकै मन पराइन्छ । काउलीको सेवन स्वास्थको दृष्टिकोणले निकै नै फाइदाजनक छ । किनभने काउलीमा भिटामिन, क्याल्सियम, प्रोटिन, पोटासियम, कार्बोहाइड्रेट, आइरल, मिनरल्स, एन्डिअक्सिडेन्ट, फाइटोन्यूट्रियन्ट्स, फ्लेवोनोइड्स, फाइटोन्यूटि्रयन्स आदि भरपूर मात्रामा पाइन्छ ।

काउलीले सिधै असर गर्ने भन्दा पनि केही सीमित रोगका बिरामीलाई भने यसको सेवन हानीकारक हुन्छ । कुन रोगका बिरामीका लागी काउलीको सेवन हानीकारक हुन्छ त ? जान्नुहोस् ।

१.स्तनपान गराउने आमा
शिशुलाई स्तनपान गराउने आमाहरुले पनि काउलीको सेवन गर्नुहुँदैन । अन्यथा स्तनपान गराउने आमालाई ग्याष्ट्रिकको समस्या निम्तिन सक्छ ।

२. अर्थराइटीस
जो ब्यक्तिमा अर्थराइटीसको समस्या छ उनीहरुले पनि काउलीको सेवन गर्नुहुदैन । किनभने काउलीले पेटमा ग्यास बढाउँछ र हड्डीमा समेत पीडा उत्पन्न गराउन सक्छ ।

३. ग्याष्ट्रिक
काउलीमा पाइने केहि पोषक तत्वहरुले पाचन प्रणाली असर पार्दछ । तर्सथ ग्यास्ट्रिक पिडित व्यक्तिले समेत काउलीको सेवन गर्नु हुदैन ।

४. ब्लड क्लटिङ
काउलीमा पर्याप्त मात्रामा भिटामिन के पाइने भएकाले ब्लड कटिङका बिरामीले समेत काउली खानु हुदैन । तसर्थ रगत गाढा बनाउनेका औषधि सेवन गर्नेहरुले काउली सेवनबाट बच्नुपर्दछ ।

५. थाइराइड
हाइपो थाइराइड रोगका बिरामीले काउली खानु हुदैन । काउलीमा गाइट्रोगन नामक तत्व हुने भएकाले यसले थाइराइड ग्ल्याण्डको कामलाई बाधा उत्पन्न गराउँछ ।

यी सबै तत्वहरु हाम्रो शरीरको लागि अति नै फाइदाजनक हुन्छन् । यो तरकारीले हामीलाई धेरै प्रकारका स्वास्थ्य समस्याहरुबाट जोगाउने गर्छ । जस्तै एनिमिया, मेनोपोज, स्कर्बी, ब्रेस्ट क्यान्सर, मुटुरोग आदि । यसबाहेक काउलीको सेवनले शरीरको तौल घटाउन समेत सहयोग पुग्छ ।

प्रतिक्रिया दिनुहोस्