Logo

अब नयाँ प्रकारको युद्ध छौँ – प्रचण्ड



Spread the love

११ फागुन, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले गत पुस ५ गतेदेखि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुलाई विश्वास रहेको बताए।

प्रचण्डले भने, ‘एकताको झण्डा हामीले उठाएका छौं । केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र बिसर्जनको बाटो रोज्नुभयो । उहाँले पार्टीलाई पनि फुट, विघटन र बिसर्जनतिर लैजानुभयो र देशलाई पनि, संविधानलाई पनि र लोकतन्त्रलाई पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो । मुद्दा त उहाँले हारिसक्नु भयो । तर फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्नका लागि यो युद्ध हामीले जित्नु पर्छ ।’

पुस ५ गतेदेखि आज फागुन ११ गते सम्म हामी नयाँ युद्ध लडिराखेका छौं,’ उनले भने, ‘देशव्यापी युद्ध चलिराखेको छ । तपाई हामी सबै युद्धमै छौं । अर्को पक्ष जसले यसलाई अपहरण गर्न खोजेको छ।  ७०/७१ वर्षको आन्दोलनका उपलब्धीहरुलाई त्यो हतियार बन्द हुन खोज्छ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिदैछ । हामी रक्तपातहिन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौं ।’

प्रतिक्रिया दिनुहोस्