८ फागुन, काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्वल सरकारसँग वार्ताका लागि तयार भएका छन् ।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चन्दले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।
‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्न अवस्थामा हाक्रो पार्टी सरकारसाग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं,’ चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्