Logo

प्रचण्ड–माधव समूह अन्त्य हिटलरको प्रचारमन्त्री गोयबल्सको जस्तै- गृहमन्त्री थापा



Spread the love

८ फागुन, काठमाडौं। नेकपा–प्रचण्ड समूहको अन्त्य हिटलरको प्रचारमन्त्री गोयबल्सको जस्तै हुने गृह मन्त्री रामबहादुर थापा ‘बादल’ बताएका छन् ।

नेकपा प्रदेश १ कमिटीले शनिवार मोरङको विराटनगरमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै मन्त्री थापाले प्रचण्ड नेपाल समूहले गोयवल्स शैलीमा भ्रम फैलाएको आरोप लगाएका हुन् ।

थापाले देशलाई अस्थिरतातिर धकेल्ने षड्यन्त्र भएको उनले बताए । बाह्य नभई आन्तरिक शक्तिले नै अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र गरिरहेको दाबी गरे । अवसरवादी, फुटवादी र गुटवादीहरूले असामान्य परिस्थिति सिर्जना गरेको थापाको दाबी छ ।

‘काठमाडौंमा नयाँ भ्रम फैलाउने प्रयत्न गरे, केही मन्त्रीहरु फेरि फर्केर प्रचण्ड नेपालको समूहतर्फ फर्किदै छन भन्ने भ्रम फाले । देशव्यापी रुपमा किन यस्तो गर्दैछन् ? आतंकको अभिव्यक्ति, भयको अभिव्यक्ति हो’ मन्त्री थापाले भने ।

प्रतिक्रिया दिनुहोस्