Logo

प्रचण्ड-माधव समूह छाडेर पूर्व कानुनमन्त्री तामाङ र उनकी पत्नी फेरी फर्किए केपी समूहमै



Spread the love

८ फागुन, काठमडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा बिभाजन भएपछि नेताहरु ओली पक्ष र प्रचण्ड-नेपाल पक्षमा विभाजित हुने क्रम जारी रहेको छ ।

 नेता शेरबहादुर तामाङ र प्रदेश सांसदसमेत रहेकी उनकी श्रीमती उषाकला राईले प्रचण्ड-माधव नेपाल समूह छाडे र ओली समूहमा प्रवेश गर्ने भएका छन् । आज विराटगनरमा हुने आमसभामा प्रधानमन्त्री ओलीले यसबारेमा घोषणा गर्ने बुझिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड-माधव समूहमा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्