७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ।
आफ्नो दुवै मिर्गौला प्रत्यारोपण गरेपनि ज्येष्ठ नागरिकहरूका लागि आश्रम बनाएका समाजसेवी मित्रसेन दाहालको आज बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको छ। उनि ५८ वर्षका थिए। । कपनस्थित उनकै निवासमा बिहान स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारार्थ ओम अस्पतालमा लगिएको थियो ।
सुविधा सम्पन्न उक्त आश्रममा ६० वर्ष पुगेका ज्येष्ठ नागरिकहरु ब्स्न पाउँछन् । ओखलढुंगाबाट उम्मेदवार बनेका दाहाल लामो समय नेपाली कांग्रेसको राजनीतिमा संक्रिय थिए । उनका २ छोरा, १ छोरी र श्रीमती छन् ।
प्रतिक्रिया दिनुहोस्